झिनो अंकले बढेको नेप्सेमा लगानीकर्ताको आकर्षण हाइड्रोपावरतर्फ बढेको छ। मंगलबार बजार ०.२३ अंकले बढेर ३ हजार १ सय ६०.३२ बिन्दुमा पुगेर बन्द हुँदा १७ कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ।
कारोबारमा आएका १३ समूहको सूचकमध्ये विकास बैंक समूहको सूचक ५.१७ प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको सूचक ४.८८ प्रतिशतले बढेको छ । वाणिज्य बैंकको सूचक १ प्रतिशतले घट्दा बाँकी रहेका अन्य समूहका लगानीकर्ता भने निराश बनेका छन्।
आज गोर्खाज फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैैंक, दिव्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, आँखुखोला जलविद्युत् कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट, पञ्चकन्या माई हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, माउन्टेन इनर्जी नेपाल, रुरु जलविद्युत् परियोजना, सिइडिबी हाइड्रोपावर, जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर डेभलपमेन्ट, खानी खोला हाइड्रोपावर र नेसनल हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको हो।
त्यसैगरी आरएसडिसी लघुवित्त, आइसिएफसी फाइनान्स, पाँचथर पावर कम्पनी, साइन रेसुंगा डेभलपमेन्ट बैंकमा पनि लगानीकर्ताको आकर्षण बढेको छ। यस दिन एनआइबिएल प्रगति फन्ड, माछापुच्छ्रे बैंक, प्राइम लाइफ इस्योरेन्स भने ३ प्रतिशतले घट्दा यी कम्पनीका लगानीकर्ता भने निराश बनेका छन्।
मंगलबार सेयर खरिद बिक्री रकम पनि सन्तोषजनक रहेको छ। धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २१ कम्पनीका ३ करोड ६ लाख कित्ता सेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ।
यस दिन पहिलो कारोबार हुने कम्पनीमा अपी पावर कम्पनी रहेको छ। कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी हाइड्रोपावर कम्पनी रहेको छ। कम्पनीको ६२ करोड ४० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यसैगरी अरुण काबेली हाइड्रोपावर कम्पनीको ६० करोड ३४ लाख रुपैयाँको सेयर कारोबार हुँदा रिडी हाइड्रोपावर कम्पनीको ५५ करोड १९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४३ करोड ७० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।