पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने माधव नेपाल पक्षको निष्कर्ष

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने निष्कर्ष निकालेको छ। मंगलबार बानेश्वरमा बसेको नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरूको बैठकले उक्त निष्कर्ष निकालेको हो।

बैठकमा बोलेका केन्द्रीय सदस्य ठाकुर गैरेले विष पिएर भए पनि माधव नेपालले एकताका लागि प्रयास गर्नुपर्ने बताए। बैठकमा बोल्ने उनी एक्ला केन्द्रीय सदस्य हुन्। यसअघि उनले विघटित कार्यदलका सदस्यहरूसँग छलफल गरेका थिए।

सुझावित समाचार