नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी विभाजनको षड्यन्त्र भएको बताएका छन्। सोमबार एक वक्तव्य जारी गर्दै उनले प्रतिनिधिसभाको चालू अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजित गर्ने षड्यन्त्र भएको आरोप लगाएका छन्।
‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्दैन,’ वक्तव्यमा भनिएको छ। ओलीले नेता, कार्यकर्ता र सांसदहरूलाई विभाजनका प्रयासविरुद्ध उभिन अपिलसमेत गरेका छन्।

