सरकारले प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्रलाई सिफारिस गरेको छ। सोमबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले राजेश झा अहिराजलाई पदमुक्त गरी मिश्रलाई सिफारिस गरेको हो।
मिश्र महोत्तरीको पिपरा गाउँपालिका– ३ का निवासी हुन्। वि.सं २०५१ सालमा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका मिश्र पछिल्लो समय नेपाली कांग्रेसकै राजनीतिमा सक्रिय रहेका थिए। मिश्र नेपाली कांग्रेसका वरिष्ठ नेता स्वर्गिय रामनारायण मिश्रका छोरा हुन्।
नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रदेश प्रमुख तिलक परियारलाई हटाएर अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।