आज साउन अन्तिम सोमबार : पशुपतिमा भक्तजनको भिड

सोमबार, ३२ साउन, २०७८
डिजिटल संस्करण

आज साउन महिनाको अन्तिम सोमबार पशुपतिमा भक्तजनहरूको भिड लागेको छ । साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरू आफ्ना आराध्यदेव महादेवको पूजाअर्चना गर्दै महिनाभर नै व्रत बस्ने गर्दछन् ।

विशेष गरेर साउनको सोमबार भगवान् शिवका मन्दिरहरूमा व्रतालुहरूको भिड लाग्ने गर्दछ । सोमबार महिलाहरू महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन् । साउनको अन्तिम सोमबार पूजाआजा गरी महिलाहरू व्रत समापन गर्दछन् ।

सोमबार बिहानै पशुपतिनाथ मन्दिरमा पूजाआजका लागि पुगेकी अम्बिका (लुइँटेल) आचार्यले मन्दिरबाहिर दर्शनार्थीको भिड भएकाले सरकारले व्यवस्थित गरेर पूजा गर्न दिनुपर्ने बताइन् ।  पहिला सधैँभरि भित्र गएर पूजा गर्न दिएको, तर यो वर्ष पूजा गर्न नपाएकोले मन खिन्न भएको उनले बताइन् । मन्दिरभित्र जान नदिँदा बाहिर झनै भिड भएको र व्यवस्थित हुन नसकेको उनले गुनासो  गरिन् । 

See More On

सुझावित समाचार