माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको प्रस्ताव पेस भएको छ। शनिबारबाट सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान संशोधनको प्रस्ताव पेस गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकपछि प्रतिक्रिया दिँदै श्रेष्ठले बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको संशोधन प्रस्तावमाथि छलफल सुरु भएको बताए। बैठकले विधान संशोधनको मस्यौदामाथि छलफलका लागि आठ समूह बनाई छलफल थालिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । प्रस्तावमाथि छलफलका गर्न आइतबार बिहान ११ बजेसम्मको समय दिइएको र बैठक आइतबार बिहान ११ बजे बस्ने गरी सकिएको माओवादी केन्द्रले जनाएको छ।