लाङटाङबाट फर्कने क्रममा ढुंगाले लाग्दा एकजना गम्भीर घाइते

शनिबार, ३० साउन, २०७८
डिजिटल संस्करण
लाङटाङबाट फर्कने क्रममा ढुंगाले लाग्दा एकजना गम्भीर घाइते

फाइल तस्बिर

नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल तथा रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ पुगेर फर्कने क्रममा ढुंगाले लाग्दा एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा वर्ष ४५ का राजु लामा रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।  

लामा होटेल र स्याफ्रुको बीचमा पर्ने रिमिचे भन्ने स्थानमा शनिबार दिउँसो एक बजेतिर झरेको ढुंगाले लाग्दा लामा गम्भीर घाइते भएको उनले बताए । घटना घटेको जानकारी पाएसँगै घाइतेको उद्धारका लागि स्याफ्रुबेँसी र ठूलो स्याफ्रुबाट नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा गएको उनले बताए घटनास्थल पुग्न तीन घन्टा लाग्नेछ । मौसम खराबका कारण हेलिकाेप्टर आउन  समस्या भएको र उद्धारका लागि प्रहरी र सेना परिचालन भएको उनले बताए । 

गएको मंगलबार काठमाडौँबाट न्युस्टार पोल बोर्डिङ स्कुल काँडाघारीका चार शिक्षकहरू लाङटाङ गएको पाइएको प्रहरीले जनाएको छ । घाइते लामासहित स्कुलका प्रधानाध्यापक राजीव खरेल, सुदर्शन बोहोरा र रोशन सिवाकोटी स्याफ्रुबेँसीतिर फर्कँदै थिए । 

सुझावित समाचार