काठमाडाैं महानगरपालिकाले सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्य महानगरको प्राथमिकतामा राखेको जनाएको छ। डल्लुस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्लाई आर्थिक सहयोग गर्दै महानगर प्रमुख शाक्यले यस्तो बताएका हुन् । महानगरले शुक्रबार एक कार्यक्रमबीच परिषद्लाई ६ लाखको सहयोग हस्तान्तरण गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले महानगरले सबैले सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने हेतुले महानगरपालिका क्षेत्रभित्रका सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेको बताए।
‘काठमाडौं महानगरपालिकाले राम्रो काम गर्नेहरूसँग सहकार्य गर्ने नीति लिएको छ । त्यही नीतिअनुसार हामीले कोरोनाका वेला विभिन्न अस्पताललाई ४५ वटा भेन्टिलेटर हस्तान्तरण गरेका थियौँ । दुईवटा प्रक्रिया पूरा नभएकाले हस्तान्तरण गर्न बाँकी छ,’ शाक्यले भने।
महानगरले यसअघि गंगालाल अस्पताल, टेकु, अस्पताल, सिभिल अस्पताललगायतका अस्पताललाई समेत अक्सिजन प्लान्ट निर्माणलगायतका कामका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो।