महालक्ष्मी विकास बैंकका ग्राहकले होटेल सम्बालामा छुट पाउने

शुक्रबार, २९ साउन, २०७८
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक लिमिटेडले होटेल सम्बला प्रालिसँग बैंकका ग्राहकलाई शुल्कमा छुट दिने सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकले विभिन्न सेवा शुल्कमा छुट पाउने सम्झौता गरेको हो । 

सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले फुड एन्ड बेभरेजमा अधिकतम १५ प्रतिशत सम्म र स्पा सेवामा १० प्रतिशत छुट पाउने जनाइएको छ ।

सम्झौतामा होटेलका सञ्चालन प्रबन्धक रबिन मानन्धर र बैंकका महाराजगन्ज शाखाप्रमुख पल्लव श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ । हाल देशका विभिन्न स्थानमा १ सय ३ शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

सुझावित समाचार