लुम्बिनी प्रदेशका मुख्यमन्त्री र ६ मन्त्रीले लिए शपथ (नामावलीसहित)

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकार सात सदस्यीय बनेको छ । मुख्यमन्त्री कुलप्रसाद केसी र ६ मन्त्रीले बिहीबार शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । 

कांग्रेसका डिल्ली चौधरी ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादीका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजनामन्त्री र जसपाका सहसराम यादव भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् । 

जसपाकै पुर्मती ढेगा र सुमन शर्मा रायमाझी तथा स्वतन्त्र समूहका अजय शाही पनि मन्त्री बनेका छन् । उनीहरू विनाविभागीय मन्त्री बनेका हुन् ।

सुझावित समाचार