नेप्से १६ अंकले बढ्यो, साढे १७ अर्बभन्दा बढीको कारोबार

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

साताको अन्तिम दिन नेप्से १६.४१ अंकले बढेर तीन हजार एक सय ७९ बिन्दुमा पुुगेको छ । ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ५ दशमलव ४६ अंकले बढेको छ । 

बिहीबार नेप्सेलाई कारोबार रकमले पनि साथ दिएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २५ कम्पनीको तीन करोड ६६ लाख कित्ता  (इकाइ) सेयर किनबेच हुुँदा १७ अर्ब ५१ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । 

सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा अपर तामाकोसी हाइड्रोपावर कम्पनी रहेको छ । बिहीबार कम्पनीको ६२ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा कामना सेवा विकास बैंक रहेको छ । बैंकको ५९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । सिने रेसुुंगा डेभलपमेन्ट बैंकको ४८ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्टको ४४ करोड रुपैयाँको कारोबार भएको छ । गरिमा विकास बैंकको ४१ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

सात कम्पनीको सर्किट मूूल्यमा कारोबार
सात कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, सिने रेसुुंगा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी नेपाल, रुरु जलविद्युुत् परियोजना, जीवन विकास लघुुवित्त वित्तीय संस्था, युनियन लाइफ इस्योरेन्स कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ भने श्री इन्भेस्टमेन्ट फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्तामा बिहीबार उत्साह छाएको छ । पाँचथर पावर कम्पनी, आइसिएफसी फाइनान्स लिमिटेड, ओरेन्ट होटेल, सारथी लघुवित्त वित्तीय संस्था, तारागाउँ रिजेन्सी होटेलका लगानीकर्ता भने बिहीबार निराश बनेका छन् ।

बिहीबार कारोबारमा आएका १३ समूहको सूूचकमध्ये आठ समूहको सूचकमा हरियाली छाएको छ भने बाँकी पाँच कम्पनीको सूचक नकारात्मक बनेको छ । विकास बैंक समूहको सूचक ६.३७ प्रतिशतले बढ्दा वाणिज्य बैंक, जीवन बिमा कम्पनी, फाइनान्स समूह सकारात्मक बनेका छन् भने निर्जीबन बिमा, हाइड्रोपावर समूहका लगानीकर्ता भने निराश बनेका छन् ।

सुझावित समाचार