लुम्बिनी प्रदेश सभा विशेष अधिवेशनको मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश

बुधबार, २७ साउन, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा गर्न आदेश गरेको छ। प्रदेश सभा सदस्य लीला गिरीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो।  

सर्वोच्चले गम्भीर संवैधानिक प्रश्न भएकोले संवैधानिक इजलासमार्फत मुद्दाको टुंगो लगाउन आदेश दिएको छ।लुम्बिनीमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्ताव छलफलका लागि विशेष अधिवेशन माग गरेका थियो। गठबन्धनको मागअनुसार प्रदेश प्रमुख अमिक शेरचनले बुधबारका लागि अधिवेशन आह्वान गरेका हुन्।

सुझावित समाचार