लिम्पियाधुराबारे ओली भन्छन्- तपाईंहरूले सक्नुभएन भने डेढ वर्ष पख्नुस्, हामी छौँ (भिडियोसहित)

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

लिम्पियाधुरा नेपालको अभिन्न अंग रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताएका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले यो विषयमा गठबन्धन सरकारबाट कुनै चासो नदेखिएको प्रस्ट पारे ।

‘लिम्पियाधुरा कालापनी समस्या समाधान भनियो । सबै भारतसँग वार्ता गरेर ल्याउँछोँ भनेर किन भन्नुभएन ? लिम्पियाधुरा कालापनी समस्या समाधान भनियो । त्यो समस्या हो ? त्यो त हाम्रो अभिन्न अंग हो,’ ओलीले भने, ‘यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ?  डराउनुको पनि हद हुन्छ नि, कति डराएको यो सरकार । कहाँकहाँ सीमा विवाद छ भनेर किन भनिएन ? तपाईंहरूले सक्नुभएन भने डेढ वर्ष पख्नुस हामी छौँ ।’

सुझावित समाचार