मेयर शाक्यको नारा : एक वडा, एक पार्क

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरले एक वडा, एक पार्कको नारासहितको नीति अवलम्बन गरेको बताएका छन्। सोमबार वडा नम्बर- ५ स्थित हाँडीगाउँमा  नरबुद्धपार्कको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्। 

मेयर शाक्यले महानगरपालिकाले हालसम्म करिब ७० वटा पार्क निर्माणको काम अघि बढाएको बताए। ‘काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको छ,’ शाक्यले भने, ‘अहिलेसम्म करिब ७० वटा पार्क निर्माणको काम अघि बढेको छ।’ 

सुझावित समाचार