पदमुक्त सांसदको रिटमा अन्तरिम आदेश आएन

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

सांसदबाट पदमुक्त भएका जनता समाजवादी पार्टी (जसपा)का तीन सांसदको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेशबारे छलफलका लागि बोलाउने आदेश दिएको छ । लुम्बिनी प्रदेश सभा सांसद पद गुमाएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डे लम्सालको मुद्दामा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले यस्तो आदेश गरेको हो । 

मुद्दामा सांसद पद कायम गर्न अन्तरिम आदेश माग गरिएको थियो । सर्वोच्चले उनीहरूको मागबमोजिम अन्तरिम आदेशबारे छलफलका लागि भदौ ८ गते दुवै पक्षलाई बोलाउने आदेश गरेको छ । रिटमा प्रदेश सभा सचिवालयलगायतलाई विपक्षी बनाइएको छ । 

सुझावित समाचार