खोपको लाइनमा ज्येष्ठ नागरिक : बल्ल पाए कोभिसिल्डको दोस्रो डोज (फोटोफिचर)

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

ज्येष्ठ नागरिकलाई काेराेनाविरुद्धको कोभिसिल्डको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ । सोमबारबाट सरकारले कोभिसिल्ड भ्याक्सिन लगाएर बसेका ज्येष्ठ नागरिकहरूलाई दोस्रो मात्राको खोप लगाउन थालेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत खोप महाशाखाले भुटानबाट र जापानबाट आएका खोप ज्येष्ठ नागरिकहरूलाई लगाउन लागिएको छ । सोमबार  कोभिसिल्डको दोस्रो डोज लगाउन बानेश्वरको निजामती कर्मचारी (सिभिल) अस्पताल पुगेका ज्येष्ठ नागरिकहरू लाइनमा उभिएका थिए ।

तस्बिरमा हेर्नुस्, खोपका लागि बानेश्वरको निजामती कर्मचारी (सिभिल) अस्पताल पुगेका ज्येष्ठ नागरिक : 

सुझावित समाचार