‘वीरे ठिटो...’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा शब्द, संगीत र स्वर प्रवीण राजथलाको रहेको छ । गीतका एरेन्जर बादल लिम्बू हुन् । सत्यराज चौलागाईंको कन्सेप्ट रहेको भिडियोका निर्देशक गौरभ मल्ल हुन् ।
मोहनकुमार झिल्लुको सिनेमाटोग्राफी रहेको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् । भिडियोमा मनोज दवाडी, गौरभ मल्ल, डेबिड महतो, समन चौलागाईं, शर्मिला चौलागाईंलगायतको अभिनय हेर्न सकिन्छ । सबी बज्राचार्य निर्मात्री रहेको यस गीतको भिडियोमा सपना प्राप्तिका लागि एक युवाको जिन्दगीमा कोरिएका संघर्षका कथाहरूलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।