देशका केही प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

शनिबार, २३ साउन, २०७८
डिजिटल संस्करण

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना  रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

यस्तै रातिको समयमा भने  देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १ को एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

See More On

सुझावित समाचार