संवैधानिक नियुक्तिहरू बदर गर्न सांसद बिडारीको माग

शुक्रबार, २२ साउन, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले केपी ओली सरकारले संवैधानिक आयोगहरूमा गरेको नियुक्तिको विरोध गर्दै नियुक्ति बदर गर्न माग गरेका छन्। आज राष्ट्रिय सभाको बैठकमा उनले संवैधानिक आयोगहरूमा भएका नियुक्ति संविधानसम्मत नभएको टिप्प्णी परे।

बैठकमा उनले भने, ‘राष्ट्रिय सभाजस्तो गरिमामय सभाले भनोस्, अध्यादेशद्वारा भएका सम्पूर्ण कामकारबाहीमा राजनीतिक सहमतिद्वारा ती नियुक्तिहरू बदर गरेर संवैधानिक बाटोमा फेरि कार्य गर्नु भनी निर्देशन दिन सकोस्।’

अहिले राज्यका संवैधानिक अंगहरू बिचल्लीमा परेको उनको भनाइ छ।
 

सुझावित समाचार