माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

बिहिबार, २१ साउन, २०७८
डिजिटल संस्करण

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे   बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बस्ने भएको हो ।  पार्टी एकता र गठबन्धनका विषयमा आवश्यक निर्णय लिन बिहीबार केन्द्रीय कमिटीको बैठक बोलाएको जनाइएको छ ।

यता ओली पक्षले भने नेपाल समूहको बैठकमा सहभागी नहुन नेता कार्यकर्तालाई अपिल गरेको छ ।  एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार साँझ प्रेस वक्तव्य जारी गरी बिहीबार केन्द्रीय कमिटी बैठक नबोलाएको बताएका छन् । 

तामाङले वक्तव्यमा भनेका छन्, ‘पटक–पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन, पार्टी विधानविपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरूमा अपिल गर्दछु ।’

सुझावित समाचार