बेलारुसकी धाविकलाई पोल्यान्डको ‘मानवीय भिसा’

मंगलबार, १९ साउन, २०७८
डिजिटल संस्करण

पोल्यान्डले बेलारुसकी प्रिन्टर धाविक क्रिस्टिना तिमानोभस्कायालाई ‘मानवीय भिसा’ उपलब्ध गराएको छ । जापानको टोकियोस्थिति पोल्यान्ड दूतावासले धाविका क्रिस्टिनालाई सोमबार ‘मानवीय भिसा’ प्रदान गर्दै पोल्यान्डमै जीवन बिताउन सक्ने र सुरक्षितसमेत रहने प्रतिबद्धता जनाएको छ । बेलारुस ओलम्पिक कमिटीले २४ वर्षीया क्रिस्टिनालाई जबर्जस्ती स्वदेश फिर्ता गराउने प्रयास गरेको थियो ।

जापानी सुरक्षाकर्मीले आइतबार हानिदा अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिस्टिनलाई बेलारुस फिर्ता पठाउन लगेको थियो । बेलारुस फर्कदा जेलमा पर्ने र ज्यानको समेत सुरक्षा हुने दाबी गर्दै किस्टिनाले स्वदेश फर्कन मानेकी थिइनन् । ‘मलाई जबर्जस्ती घर पठाउने प्रयास भइरहेको छ, यस कार्यमा प्रशिक्षक तथा आफ्नै देशको ओलम्पिक कमिटीसमेत लागेको छ,’ हानिदा विमानस्थलमा क्रिस्टिनाले बताएकी थिइन् । 

 यसकारण क्रिस्टिनालाई फिर्ता पठाउने निर्णय
टोकियो ओलम्पिकमा व्यक्तिगत तथा विवादास्पद अभिव्यक्ति दिएको जनाउँदै क्रिस्टिनालाई स्वदेश फिर्ता गराउन लागेको बेलारुस ओलम्पिक कमिटीले आयोजकलाई जानकारी दिएको थियो । ओलम्पिक कमिटीले क्रिस्टिनालाई ओलम्पिकबाट घर पठाउने कार्यमा सहयोग गर्न आयोजकसँग अन’रोध गरेको थियो । ओलम्पिक कमिटीको यसै अन’रोधमा टोकियोका प्रहरी अधिकारीहरूले क्रिस्टिनालाई स्वदेश फिर्ता पठाउने तयारी गरेका थिए ।

विमानस्थलमा क्रिस्टिनाले विमान चढ्न मानेकी थिइनन् । तत्कालै उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र अन्य देशसँग शरणार्थीका रूपमा बस्न अन’रोध गरेकी थिइन् । टोकियोस्थित पोल्यान्ड दूतावासले क्रिस्टिनाको स’रक्षा प्रदान गर्दै शरणमा लिएको हो । पोल्यान्ड दूतावासकै रोहवरमा क्रिस्टिनाले एक रात होटेलमै बिताइन् । उनलाई जापानी प्रहरीले होटेलमा स’रक्षा दिएका थिए ।

पोल्यान्डका डेप’टी विदेशमन्त्री माचिन प्रेडाक्रजले पोल्यान्ड दूतावासमा क्रिस्टिनाले शरण लिएको बताएका छन् । पछिल्लो २४ घन्टा टोकियोस्थिति पोलिस दूतावासकै पदाधिकारीको प्रत्यक्ष निगरानीमा क्रिस्टिना रहेको विदेशमन्त्री प्रेडाक्रजले बताए ।एक खेलाडीको ज्यानको स’रक्षा प्रदान गर्न ज’नस’कै कदम चाल्न तयार रहेको उनले जनाएका छन् । ‘वर्तमान अवस्थाअन’सार उनलाई चाहिने सबै स’रक्षा व्यवस्था हामी प्रदान गछौँ, क्रिस्टिनाले चाहेको खण्डमा पोल्यान्डबाटै खेल जीवन स’रु गर्न सक्छिन्,’ पे्रडाक्रजले भने, ‘आगामी दिनमा एक पोलिस नागरिका रूपमा समेत रहन सक्छिन् ।’

 क्रिस्टिनाका श्रीमान् पनि युक्रेनमा
बेलारुस सरकारको दमन सहन नसकी क्रिस्टिनाका श्रीमान् युक्रेन भागेका छन् । ‘मलाई आशा छ श्रीमती क्रिस्टिनासँग छिट्टै पोल्यान्डमा भेट हुनेछ,’ क्रिस्टिनाका श्रीमान्ले एजेन्सीलाई भने ।  क्रिस्टिना पहिलोपटक ओलम्पिकमा सहभागी हुन टोकियो पुगेकी थिइन् । शुक्रबार उनले सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन् । त्यसपछि ओलम्पिक कमिटीले उनलाई रिले दौडमा समेत समावेश गरेको थियो । तर, ओलम्पिकमा आफू रिले दौडमा सहभागी हुन नआएको भन्दै उनले विरोध गरिन् ।

बेलारुस ओलम्पिक कमिटीको निर्णयविरुद्ध अन्तर्राष्ट्रिय मिडियामा प्रतिक्रिया दिएको भन्दै क्रिस्टिनालाई तत्काल स्वदेश फर्काउने तयारी भएको थियो । बेलारुसको ओलम्पिक कमिटीका अध्यक्ष भिक्टर लुकासेन्को हुन् । उनी बेलारुसका तानाशाही अलेक्जेन्डर लुकासेन्सका जेठा छोरा हुन् । ओलम्पिक कमिटीमा भिक्टरको दबदबा चल्छ । उनको विरोधमा लाग्नेहरू सीधै जेल चलान हुन्छन् । ओलम्पिक कमिटीका अध्यक्ष भिक्टरको विरोधमा उत्रिएकै कारण क्रिस्टिनामाथि कारबा

ही हुन सक्ने भएकाले स्वदेश फर्कन अस्वीकार गरेकी हुन् । मिडियामा कमेन्ट्स दिएको केही घन्टापछि नै क्रिस्टिना बसेको रुममा अधिकारीहरूले सामान प्याक गर्न लगाएका थिए । बेलारुस ओलम्पिक कमिटीमा अधिकारीहरूले भने क्रिस्टिना मानसिक रूपमा ठीक नभएकाले घर फिर्ता गराउन लागेको आयोजक कमिटीलाई जानकारी दिएका थिए । तर, क्रिस्टिनाले आफूसँग सबै मेडिकल रिपोर्ट भएको र त्यसमा स्वास्थमा केही खराबी नरहेको बताइन् । यसैबीच अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रवक्ता मार्क एड्मसले बेलारुस ओलम्पिक कमिटीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन् । बेलारुस ओलम्पिक कमिटीका अध्यक्ष र पदाधिकारीमाथि प्रतिबन्धको निर्णय भएको प्रवक्ता एड्मसले बताए । 

सुझावित समाचार