आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

मंगलबार, १९ साउन, २०७८
डिजिटल संस्करण

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारीअनुसार  प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती, गण्डकी र सुदूरपश्चिम  प्रदेशका  एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

See More On

सुझावित समाचार