महन्थ ठाकुरको मुद्दा सोमबार हेर्न नभ्याइने

सोमबार, १८ साउन, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताको विषयलाई लिएर महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । साउन १५ मा  महन्थ पक्षले सर्वोच्चमा दर्ता गराएको रिटको आजका लागि पेसी तोकिएको थियो ।

रिटको सुनुवाइका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा तोकिएको थियो । निर्वाचन आयोगले ११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो । यसै विषयलाई लिएर ठाकुर सर्वोच्च गएका थिए । रिटमा निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको छ ।

सुझावित समाचार