नेकपा माओवादी केन्द्रले दार्चुला घटनाको छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ।
आज बसेको स्थायी समिति बैठकले दार्चुलामा एसएसबीले तुइनको लठ्ठा काट्दा एकजना बेपत्ता भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न माग गरेको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए।घटनाबारे भारतसँग कूटनीतिक तवरबाट कुरा गर्नसमेत माओवादीले आग्रह गरेको छ।
यस्तै, केन्द्रले साउन २० गतेलाई बोलाएको केन्द्रीय समिति बैठक सरेको छ। बैठक साउन ३० गतेका लागि सारिएको हो।