मलामी गएका पुरुष बागमतीमा बगेर बेपत्ता

आइतबार, १७ साउन, २०७८
डिजिटल संस्करण

सर्लाहीको बागमतीमा मलामी आएका एक पुरुष खोलामा बगेर बेपत्ता भएका छन्। बागमती नगरपालिका– १२ स्थित बागमती घाटमा छिमेकीको मलामी आएका बागमती नगरपालिका– १ निवासी ५२ वर्षका रामबहादुर खत्री बागमती नदीमा बगेर बेपत्ता भएका हुन्। मलामी पुगेका खत्री नुहाउने क्रममा बागमती खोलामा बगेका हुन्। 

खत्री खोलामा बगेलगत्तै सँगै मलामी गएका अन्य साथीहरूले प्रहरीलाई खबर गरेका थिए। लगत्तै पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोलामा बेपत्ता खत्रीको खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। यो खबर तयार पार्दासम्म खत्री फेला परेका छैनन्। 
पछिल्लो केही दिनयता पहाडी भेगमा वर्षात् भइरहेकोले बागमती नदीमा पानीको बहाव बढेको छ। 

See More On

सुझावित समाचार