नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । भजनी नगरपालिका– ९, डमपुरका नौ वर्षीया लक्ष्मीकुमारी चौधरी र सात वर्षीया जेनी चौधरीको नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
६ वर्षीया अनु सिंह बेपत्ता भएकी छिन् । अपराह्न चार बजेतिर स्थानीय कान्द्रा नदीमा नुहाउने क्रममा घटना भएको इलाका प्रहरी कार्यालय भजनीका इन्चार्ज प्रहरी निरीक्षक नरबहादुर साउदले बताए । प्रहरी र स्थानीय बासिन्दाले बेपत्ता बालिकाको खोजी गरिरहेकाे उनले बताए ।