पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा

बुधबार, १३ साउन, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्यबाट हटाइएका चार पूर्वमाओवादी नेता पुनर्बहाली माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई स्पष्टीकरण दिने मौकासमेत नदिई पार्टी र सांसद पदबाट निष्कासन गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

उनीहरूले रिटमा सांसदकै हैसियतमा कामकाज गर्न पाउनुपर्ने माग गरेका छन्। उनीहरूले आफूहरू नेकपा एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्र अवैधानिक रहेको दाबी गरेका छन्। अवैधानिक पार्टीले गरेको कारबाही मान्य नहुने भन्दै सांसदबाट हटाउने निर्णय बदर गर्न रिटमा माग गरिएको छ।

उनीहरूले आफू नेकपा एमालेमा आधिकारिक रूपले प्रवेश नगरेको, माओवादी केन्द्र नामक पार्टी नै अवैधानिक रहेको, त्यस्तो पार्टीले गर्ने कारबाही मान्य हुन नसक्ने भन्दै सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् । 

सुझावित समाचार