उच्च अदालतबाट पनि निर्दाेष ठहरिए महरा

मंगलबार, १२ साउन, २०७८
डिजिटल संस्करण

पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । मंगलबार उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा उनी निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको छ । उनलाई संघीय संसद् सचिवालयको एक कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेकाे थियाे ।  

न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई सफाइ दिने भनी गरेको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको हो । 

सुझावित समाचार