हिजो प्रश्न गर्ने ठाउँमा भएकाहरू आज काम गर्ने ठाउँमा हुनुहुन्छ : राष्ट्रिय सभा सदस्य पन्त

मंगलबार, १२ साउन, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभाका सदस्य प्रकाश पन्तले हिजो प्रश्न गर्ने ठाउँमा भएकाहरू आज काम गर्ने ठाउँमा भएको हुनाले निर्मला पन्त हत्याकाण्डको फाइल खोल्न सरकारको  ध्यानाकर्षण गराएका छन् । मंगलबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै पन्तले निर्मलाले न्याय नपाएको तीन वर्ष भएको भन्दै उनले निर्मलाको हत्याराले सजाय पाए धेरै निर्मलाले न्याय प्राप्त गर्ने बताए । 

उनले  भिआइपीहरूको स्वास्थ्य उपचार र सुरक्षा सुविधाको विषयले बजार तातेको भन्दै मान्छेको अनुहार हेरेर नभई कानुन र मापदण्ड हेरेर काम गर्न सरकारलाई आग्रह गरे । 

पन्तले कोरोनाले थलिएको सार्वजनिक यातायात क्षेत्रका व्यवसायी तथा मजदुरको समस्या र माग सम्बोधन गर्न पनि अनुरोध गरेका छन् ।  

साथै उनले संघीयता कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन, संविधानको अनुसूची कार्यान्वयन गर्ने कानुनहरू तथा प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कानुनहरू आगामी आमनिर्वाचन अगावै बनाइसक्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । 
 

सुझावित समाचार