खिम्ती खोलामा बेपत्ता बालकको खोजीकार्य जारी

मंगलबार, १२ साउन, २०७८
डिजिटल संस्करण

गुडिरहेको ट्याक्टरबाट उछिट्टिएर सोमबार दिउँसो खिम्ती खोलामा बेपत्ता भएका बालकको खोजीकार्य मंगलबार पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

मन्थलीबाट कुखुराको दाना र प्लाई लिएर गोकुलगंगा गाउँपालिकातर्फ जाँदै गरेको लु.१त ६६२९ नम्बरको ट्याक्टरबाट लिखु तामाकोसी गाउँपालिका– ६ खिम्ती–नामाडी सडकखण्डको खिम्ती खोलाछेउमा ट्याक्टरबाट उछिट्टिँदा गोकुलगंगा गाउँपालिका– ६ फर्पुका ११ वर्षीय बालक मिलन तामाङ साेमबार दिउँसोबाट बेपत्ता भएका हुन् । 

बेपत्ता भएका बालकको सशस्त्र प्रहरी बल आश्रित गुल्म मन्थलीबाट खटिएको टोली, जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली र स्थानीय नागरिकहरूसमेत खोजीकार्यमा जुटेका छन् । बालक तामाङको शव अहिलेसम्म फेला पर्न सकेको छैन । ट्याक्टरचालक गोकुलगंगा गाउँपालिका– ६ फर्पुका कुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

See More On

सुझावित समाचार