गरिबलाई निःशुल्क विद्युत् दिने प्रयासमा छु : ऊर्जामन्त्री भुसाल (भिडियोसहित)

सोमबार, ११ साउन, २०७८
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउन लागेको बताएकी छिन् । सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् दिनुपर्छ भनेर आफूले गृहकार्य गरिसकेको बताएकी हुन् । 

भुसालले गरिबीमा रहेका जनतालाई निःशुल्क विद्युत् दिने अवधारणा अघि सारे पनि निर्णय भने भइनसकेको बताइन् । भुसालले विद्युत् उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने पनि बताइन् । 

उनले ट्रान्समिसन लाइन निर्माणको काममा तीव्रता दिने पनि बताइन् । भुसालले कृषियोग्य सबै जमिनमा सिँचाइको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सुझावित समाचार