नक्सालमा इभी नेपाल मोटर्सको सोरुम

सोमबार, ११ साउन, २०७८
डिजिटल संस्करण

इभी नेपाल मोटर्सले नक्सालमा सोरुम स्थापना गरेको छ । कम्पनीले जर्मन टेक्नोलोजी बोसद्वारा सञ्चालित लिभ्निङका विभिन्न मोडल र रङहरूका इलेक्ट्रिक स्कुटरहरूका साथै इलेक्ट्रिक साइकल बिक्रका लागि सोरुम स्थापना गरेको हो । 
जसमा एलएक्स जिरो वान, एलएक्स जिरो टू, एलएक्स जिरो फोर, एलएक्स जिरो सिक्स, एलएक्स जिरो फाइभ–डी, एलएक्स जिरो एट र एलएन ट्वान्टी एम जिरो फोर रहेको जनाइएको छ ।

सोरुम उद्घाटनका अवसरमा ग्राहकलाई ५ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म नगद छुट दिइने कम्पनीले जनाएको छ । त्यस्तै, नबिल बैंकमार्फत शून्य प्रतिशत इएमआईमा मासिक ११ हजार १ सय ११ रुपैयाँ किस्तामा किन्न सकिने सुविधा ल्याएको जनाइएको छ ।

सँगै छाता, बज्र मास्क बक्स, निःशुल्क हेलमेट, निःशुल्क सर्भिस र कुनको सुविधा रहेको कम्पनीले जनाएको छ । यो अफर जुलाई ३० सम्म रहने जनाइएको छ । 

सुझावित समाचार