‘हेड काउन्ट’को अघिल्लो दिन जसपा यादव पक्षका कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखियो

आइतबार, १० साउन, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)को डा. बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्य ‘हेड काउन्ट’को अघिल्लो दिन एक रिसोर्टमा बसेका छन् ।  यादव-भट्टराई पक्षका ३२ कार्यकारिणी सदस्यलाई गाेदावरीस्थित एक रिसोर्टमा राखिएको हो। तर, जसपा नेताहरूले भने पार्टीको आन्तरिक छलफल गर्न त्यहाँ पुगेको बताएका छन् ।

निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादमा सोमबार सशरीर सनाखत गर्दै छ। ‘हेड काउन्ट’ गरेर आयोगले आधिकारिकता विवादबारे फैसला दिन लागेको हो। त्यसअघि हुन सक्ने सम्भावित चलखेललाई रोक्न जसपाले आफ्ना कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखेको हो। निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेको छ।

See More On

सुझावित समाचार