भोलिदेखि लामो दूरीका यातायात सञ्चालन हुने

शुक्रबार, ८ साउन, २०७८
डिजिटल संस्करण

भोलि शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन्। साउन ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सवारीसाधन चल्न दिने भएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगको परीक्षालाई मध्यनजर गर्दै लामो दूरीका यातायात सञ्चालन गर्न दिन लागेको जनाएको छ।

कार्यालयले यातायात व्यवसायीलाई सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गरी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन एवं यात्रुलाई अनिवार्य टिकट काटेर यात्रा गर्न आग्रह गरेको छ।

सुझावित समाचार