जिल्ला प्रहरी कार्यालय लमजुङले ४२ थान लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले क्व्होलासाेंथार गाउँपालिका– १ बाग्लुङपानी घर भई हाल बेंसीसहर– ९ शीतलपाटी बस्ने वर्ष ३९ का जितबहादुर गुरुङलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले उनकै घरनजिकबाट पक्राउ गरेको छ । बुधबार साँझ पक्राउ परेको गुरुङबारे प्रहरीले बिहीबार जानकारी दिएको हो ।
प्रहरीले खानतलासी गर्दा गुरुङको घरमा लुकाइछिपाई राखेको अवस्थामा १४ थान डाइजेपाम, १४ थान नुफिन, १४ थान फेनारागन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर एवं सूचना अधिकारी जगदीश रेग्मीले बताए ।
पक्राउ परेका गुरुङलाई कानुनबमोजिम जिल्ला अदालत लमजुङबाट हिरासतमा राख्न अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।