एमाले अध्यक्ष ओलीसँग विप्लवको भेट, तीनबुँदे सहमति कार्यान्वयन नभएको गुनासो

मंगलबार, ५ साउन, २०७८
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।  दुई नेताबीच ओलीनिवास बालकोटमा मंगलबार बिहान भटेवार्ता भएको हो।

भेटमा विप्लवले सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनको विषयमा छलफल गरेका थिए। विप्लवले ओलीसँग उक्त सहमति कार्यान्वयन नभएको गुनासो गरेका थिए। भेटमा खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, धर्मेन्द्र बाँस्तोला र राजन भट्टराई पनि सहभागी थिए।

विप्लवले पछिल्लो क्रममा राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन्। 
 

See More On

सुझावित समाचार