प्रतिनिधिसभा : आइतबारको दोस्रो बैठक सुरु, प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै

आइतबार, ३ साउन, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनकै लागि आइतबार दोस्रो बैठक बोलाइएको हो । 

संसद् अधिवेशन आइतबार नै सुरु भएको हो । सर्वोच्च अदालतले दोस्रोपटक पुनस्र्थापना गरेपछि आइतबार सुरु भएको अधिवेशनको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र, सभामुखको सम्बोधन, निधन भएका पूर्वसदस्यप्रति शोकप्रस्ताव पारित भएको थियो । 

सुझावित समाचार