‘द्रौपदी अवशेष’ सार्वजनिक

आइतबार, ३ साउन, २०७८
डिजिटल संस्करण

साहित्यकार नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक भएको छ । योगमाया, चीरहरण, अर्की आइमाई, मौन जीवनलगायत कृतिका लेखक निहारिकाले हुम्लाको लिमीमा आयोजित कार्यक्रममा उपन्यास सार्वजनिक गरेकी हुन् ।  

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामाले उपन्याकारले दुर्गम र पिछडिएको सीमान्तकृत जनजातिको लोकव्यवहारलाई लिखित साहित्यको रूप दिएको बताए । उनले लेखक कार्कीको यो प्रयासको प्रशंसा गरे ।

उपन्यासले कर्णाली प्रदेशको हिमाली क्षेत्रमा कायम रहेको बहुपति प्रथासम्बन्धी विषयलाई समेटेको छ ।

See More On

सुझावित समाचार