केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न देउवाको निर्देशन

शनिबार, २ साउन, २०७८
डिजिटल संस्करण
केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न देउवाको निर्देशन

फाइल तस्बिर

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न निर्देशन दिएका छन् । घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतसमेतका व्यक्तिहरूसँग २४ घन्टाभित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम तीन दिनभित्र कारबाहीको टुंगो लगाउन देउवाले अनुशासन समितिलाई निर्देशन दिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौलासहित शनिबार बसेको पदाधिकारी बैठकमा भएको छलफल एवं परामर्शपछि देउवाले कारबाहीको निर्देशन दिएका पौडेलले जानकारी दिए । पौडेलका अनुसार क्रियाशील सदस्यता छानबिन समितिले पेस गरेको निर्णयबमोजिमको पत्रअनुरूप कारबाही गर्न देउवाले भनेका छन् । 

सुझावित समाचार