बालुवाटार सरे प्रधानमन्त्री देउवा

शुक्रबार, १ साउन, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् । गत मंगलबार प्रधानमन्त्रीको शपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटारमा सरेका हुन् । 

प्रधानमन्त्री देउवा बिहान  (१०:०३) बजेको शुभसाइतमा प्रधानमन्त्रीनिवास बालुवाटार प्रवेश गरेका हुन् । उनलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कर्टिङ गरेका थिए । 

सर्वोच्चको परमादेशपछि गत मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

सुझावित समाचार