अवैध सन्तान जन्माएको भन्दै नवजात शिशुको घाँटी थिचेर हत्या

बुधबार, ३० असार, २०७८
डिजिटल संस्करण

अवैध सन्तानका रूपमा छोरी जन्माएको भन्दै मोरङको रंगेलीमा एक दम्पती परिवारले शिशु अवस्थामै हत्या गरेको खुलेको छ । मोरङ रंगेली नगरपालिका– ५ आँपगाछी टोल बस्ने अरुण मण्डलकी श्रीमती २५ वर्षीया खुश्बु मण्डलले २७ असार बिहान जन्माएकी  छोरीलाई श्रीमान्– श्रीमती र श्रीमतीका बाबुआमा चारजना मिलेर कम्बलले छोपेर घाँटी थिचेर हत्या गरेका हुन् । 

गत चैतमा वैदेशिक रोजगारबाट फर्केर आएका श्रीमान् अरुणले जन्मेकी छोरी आफ्नो नभएर अवैध भएको भन्दै आपत्ति जनाएका थिए । विवादलाई समाधान गर्न खुश्बुका आमाबाबुसमेत सबै मिलेर बिहान साढे ११ बजे कम्बलले थिचेर नवजात शिशुको हत्या गरेका हुन् । हत्या गरेको शिशुकाे शवलाई रंगेली– ५ स्थित चाँदनीचोकमा रहेको खुश्बुका बाबुआमाले सञ्चालन गर्दै आएको मदिरा पसलभित्र खाल्डो खनी गाडेका थिए । 

नवजात शिशुको हत्या भएको सूचना पाएपछि रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न आमा २५ वर्षीया खुश्बु मण्डल, श्रीमान्  २८ वर्षीय अरुण मण्डल, खुश्बुका  बुबा  ५० वर्षीय नागेश्वर मण्डल र आमा ४८ वर्षीया उर्मिला मण्डललाई पक्राउ गरेको छ । 

पक्राउ गरेका सबैलाई मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान आरोपमा पाँच दिन म्याद थप गरेर  अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।  

See More On

सुझावित समाचार