नेप्सेमा ४५ अंकको करेक्सन हुन पुुगेको छ । आइतबार ७४ अंकले बढेको नेप्सेमा सोमबार ब्रेक लाग्दै करेक्सन हुन पुुगेको हो । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि पनि लगानीकर्तामा एक प्रकारको अन्योल छाएका कारण बजार प्रभावित हुनुको अर्को कारण भएको लगानीकर्ता बताउँछन् । नयाँ लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बस्दा पनि सेयर बजार घटेको हुन सक्ने सेयर विश्लेषकको राय छ ।
सोमबार नेप्से परिसूचक ४५ दशमलव ०६ अंकले घटेर २ हजार ८ सय ५४ दशमलव ७६ बिन्दुमा पुगेको हो । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ८ दशमलव ६२ अंकले घटेर ५ सय ३४ दशमलव ८१ बिन्दुमा पुगेको छ । नेप्से घटे पनि कारोबार रकममा भने वृद्धि भइरहेको छ ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २९ कम्पनीको २ करोड ६० लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा १० अर्ब रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था रहेको छ ।
यसको ४७ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रोमा एनआइसी एसिया बैंकको ३४ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । राष्ट्रिय बिमा कम्पनीको २९ करोड ६५ लाख रुपैयाँको, छिमेक लघुवित्तको २६ करोड ३६ लाख रुपैयाँ र नेपाल बैंकको करिब २६ करोड रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहका सूचकमध्ये सामूहिक लगानीबाहेक सबै सूचक घटेका छन् । जलविद्युत्, वाणिज्य बैंक, माइक्रो फाइनान्स, फाइनान्स समूहको सूचक सबैभन्दा बढी घटेको छ । धेरै बढ्ने कम्पनीमा समृद्धि फाइनान्स रहेको छ । यसको सेयर मूल्य ५ दशमलव २४ प्रतिशले बढेर प्रतिसेयर ४ सय ४२ रुपैयाँ पुगेको छ । बढ्नेमा धेरैजसो डिबेन्चर कम्पनीहरू रहेका छन् ।
सोमबार घट्ने कम्पनीमा युनियन हाइड्रोपावर लिमिटेड, खानी खोला हाइड्रोपावर, ओरिएन्टल होटेलको ५ प्रतिशतले घटेको छ । माहुली सामुदायिक, शिवश्री हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।
युनियन लाइफ इस्योरेन्सकोआइपिओमा २१ लाखको आवेदन
युुनियन लाइफ इस्योरेन्स कम्पनीको आइपिओमा २१ लाख ५० हजार ४ सय ७८ लाख आवेदन परेको छ । सिडिएससीका अनुसार सोमबार बेलुका ५ बजेसम्ममा ३ करोड ४० लाख कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीको जारी पुुँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँबराबरको ६४ लाख ५० हजार कित्ता सेयरमा ५ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५ सय कित्ता सेयर कर्मचारीका लागि ३ लाख २२ हजार ५ सय अर्थात् ५ प्रतिशत कित्ता सेयर सामूूहिक लगानी कोषमा छुुट्याइएको छ भने बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।