प्रहरी हिरासतबाट थुनुवा फरार प्रकरणमा तीन प्रहरी निलम्बित

सोमबार, २८ असार, २०७८
डिजिटल संस्करण

सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षबाट लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरणमा तीन जना प्रहरी निलम्बनमा परेका छन् । 

थुनुवा फरार रहेका बेला ड्युटीको जिम्मेवारीमा रहेका प्रहरी सहायक निरीक्षक, हबल्दार र प्रहरी जवानसहित तीन जनालाई आइतबार निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए । 

लागूऔषध  ओासरपोसारका पटके कारोबारी सिराहाको नवराजपुर गाउँपालिका १ भगवतीपुर तामासुइयाका पशुपति यादव पछिल्लो पटक २६ असारको बिहान करिब २ बजेतिर झ्यालको ग्रिल फोडेर फरार भएपछि अनुसन्धानका लागि ड्युटीको जिम्मेबारीमा तीनजनालाई निलम्बन गरिएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए । 

उनका अनुसार जिल्ला प्रहरीले अनुसन्धानका लागि चार सदस्यीय छानबिन समिति गठन गरी फरार रहेका यादवको जिल्लाभरका प्रहरी युनिटहरुमार्फत् खोजलास गरिरहेको छ । 
 

See More On

सुझावित समाचार