एमाले कार्यदलको सहमतिबारे नेपाल समूहको स्थायी कमिटीमा छलफल

शनिबार, २६ असार, २०७८
डिजिटल संस्करण

सत्तारुढ एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा भएको सहमतिबारे वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटीमा छलफल भएको छ । भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटी बैठकमा कार्यदल सदस्यहरूले सहमतिको विषयमा जानकारी गराएका छन् ।

कार्यदल सदस्यले औपचारिकता दिन मात्र बाँकी रहेको बताएका छन् । तर, सहमतिको विषयमा कार्यदल सदस्यहरूले सार्वजनिक रूपमा केही बताएका छैनन् । 

पछिल्लो समय एमाले कार्यदलको बैठक निरन्तर बस्दै आएको छ । शनिबार पनि कार्यदलको बैठक बसेको थियो । 

कार्यदल बैठकपछि नेपाल समूहका कार्यदल सदस्य गोकर्ण विष्टले सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए । 

उनले भनेका छन्, ‘हामीले गम्भीरताका साथ, एकअर्काको मनोविज्ञान बुझ्दै छलफल ग¥यौँ र अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौँ । समग्रतामै समस्या समाधान खोज्ने बिन्दुमा आइपुगेका छौँ । तर, सुखद समाचार आजै घोषणा गरिसकेका छैनौँ । भोलिको दिन आमपार्टी पंक्तिले अपेक्षा गरेको सन्देश सुन्नका लागि गरेको अपेक्षा प्राप्त गर्नेछौँ । औपचारिकता दिन मात्र बाँकी छ । लगभग निष्कर्षमा पुगेका छौँ, विश्वासको अवस्थामा पुगेका छौँ ।’

सुझावित समाचार