नागढुंगा सुरुङमार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न विकास तथा सुशासन समितिको निर्देशन

शुक्रबार, २५ असार, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा सुरुङमार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । 

समितिको शुक्रबार बसेको बैठकले नागढुंगा सुरुङमार्ग आयोजनाको काम समयमै सक्ने गरी गर्न र आयोजनाका अद्यावधिक प्रगतिलगायत सम्पूर्ण विवरण विभागको वेबसाइटमा नियमित राख्न पनि आयोजना कार्यालयलाई निर्देशन दिएको छ ।

त्यस्तै, बैठकले सडक आयोजना तथा पुलहरूको गुणस्तरमा ध्यान दिन र यो वर्ष भत्केको पुलहरू के–कति कारणले भत्केका हुन् भन्ने विषयमा समितिलाई जानकारी गराउनका लागि सडक विभागलाई निर्देशन दिएको छ ।

बैठकले नागढुंगा सुरुङमार्ग आयोजनाको बढी बजेट र मूल्य अभिवृद्धि करसम्बन्धी पर्न गएको असमझदारी र सोको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई ध्यानाकर्षण पनि गराएको छ । राष्ट्रिय गौरवका आयोजनाहरूमा काम गर्ने सम्पूर्ण मजदुरलाई कोरोनाविरुद्धको खोप तत्काल उपलब्ध गराउन पनि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले नागढुंगा सुरुङमार्ग आयोजनाको स्थलगत अवलोकन गर्न आयोजनास्थल जाने निर्णय गरेको पनि समिति सभापति भट्टले जानकारी दिए । 

सुझावित समाचार