प्रदेश १ मा कोरोना संक्रमणपछि दुई लाख ६६ हजार मानिस भारत गए, एक लाख १० हजार नेपाल आए

शुक्रबार, २५ असार, २०७८
डिजिटल संस्करण

प्रदेश १ मा कोरोना संक्रमणकाल सुरु भएपछि हालसम्म प्रदेशका विभिन्न चार नाकाबाट दुई लाख ६६ हजार ६ सय १० जना मानिस भारत गएका छन् । एक लाख १० हजार ३२ जना नेपाल आएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पहिलो चरणको कोरोना संक्रमण भएपछि हालसम्म काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी दुई लाख ५८ हजार दुई सय ४० जना भारत गएका छन् । यस्तै, विराटनगरबाट आठ हजार ३७, इलाम पशुपतिनगरबाट एक सय ८३ र सुनसरीको भन्टाबारी नाकाबाट एक सय ५० जना बाहिरिएका छन् । 

हालसम्म काँकडभिट्टा नाकाबाट सबैभन्दा धेरै एक लाख २२ हजार ५३, विराटनगरबाट सात हजार दुई सय ८२, पशुपतिनगरबाट तीन सय ३५ र भन्टाबारी नाकाबाट  एक सय ६२ जना नेपाल भित्रिएका छन् । प्रदेश १ मा मोरङको विराटनगर, सुनसरीको भन्टाबारी, झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर नाकाबाट मानिसहरू  आवतजावत गर्ने गरेका छन् ।  

वैशाखदेखि २२ हजार सात सय नेपाल आए २६ हजार आठ सय गए  
प्रदेश १ प्रहरीको तथ्यांकअनुसार दोस्रो चरणको कारोना संक्रमण सुरु भएपछि ६ वैशाख ०७८ यता प्रदेशका विभिन्न नाकाहरूबाट २२ हजार ६ सय ९१ जना मानिस नेपाल भित्रिएका छन् । ६ वैशाखयता २१ असारसम्म प्रदेशका विभिन्न नाकाबाट २६  हजार सात सय ८१ जना भारत गएका छन् । 

वैशाखयता सबैभन्दा धेरै काँकडभिट्टा नाकाबाट २४ हजार तीन सय ६६ जना बाहिरका छन् । त्यसपछि विराटनगर नाकाबाट दुई हजार दुई सय ३२ जना र पशुपतिनगर नाकाबाट एक सय ८३ जना मानिस बाहिरिएका छन् । 

सुझावित समाचार