बैतडीमा जिप दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु, १० घाइते

आइतबार, २० असार, २०७८
डिजिटल संस्करण

बैतडीमा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । से.१ज ७३९ नम्बरको जिप आइतबार बैतडीको सिगास गाउँपालिका– ३ लगनमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पालले दुर्घटनामा सिगास गाउँपालिका– ३ का ४५ वर्षीय मानसिंह साउद र ६४ वर्षीय रामसिंह धामीको मृत्यु भएको जानकारी दिए ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । सिगास गाउँपालिका– ३ कै १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४५ वर्षीय जयसिंह धामी र ४० वर्षीय गौमती साउदको अवस्था गम्भीर रहेको छ । उनीहरूको डडेल्धुरा अस्पतालमा  उपचार भइरहेको पालले बताए ।

सुझावित समाचार