नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

बिहिबार, १७ असार, २०७८
डिजिटल संस्करण
नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

फाइल तस्बिर

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका– ६ पाँचकिलोमा माथिबाट पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार अहिले यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।  निरन्तर पानी परिरहेको र पहिरोसमेत झरिरहेकाले तत्काल पहिराे पन्छाउन कठिन भएको थापाले बताए  । पहिरो गएराति २ बजेतिर खसेको हो । 

सुझावित समाचार