जनताको जीवनरक्षा नयाँ सरकारको प्राथमिकता : प्रचण्ड (भिडियोसहित)

बुधबार, १६ असार, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बन्ने विपक्षी गठबन्धनको नयाँ सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । ‘कोभिड– १९ को महामारीले देश आक्रान्त छ, यस्तो वेला सरकारको प्राथमिकता जनताको जीवनरक्षाकेन्द्रित हुनुपर्छ । अब बन्ने विपक्षी गठबन्धनको नयाँ सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्छ,’ बुधबार नागरिक अगुवाहरूसँगको छलफलमा सर्वोच्च अदालतले संसद् पुनस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले भनेका छन् । 

 ‘सरकारको पहिलो एजेन्डा जिउधनको रक्षा हो । त्यसका लागि कसरी हुन्छ ? सबै नागरिकलाई खोप ल्याएर लगाउने व्यवस्था गर्नतर्फ हाम्रो ध्यान केन्द्रित हुन्छ, अर्को बाढीपहिरोबाट पीडितलाई राहत र पुनर्स्थापनाको काम हाम्रो प्राथमिकतामा पर्छ,’ उनले थपे । 

प्रचण्डले वर्तमान सरकार कामचलाउ मात्रै नभएर अवैधानिक भइसकेकाले नयाँ सरकारले यसले गरेका महत्वपूर्ण निर्णय र नियुक्तिहरू खारेजी हुने बताए । ‘यो अवैधानिक सरकार हो । यसले गरेका निर्णयहरू खारेज गरिन्छ । यो सरकारले गरेका भ्रष्टाचार र अनियमितताका कार्यहरूको खोजी हुन्छ, र दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाइन्छ,’ उनले भने ।

सुझावित समाचार