हुम्लामा सडक खन्ने क्रममा एक्स्काभेटर पुरिँदा चालकको मृत्यु

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

हुम्लामा सडक खनिरहेको वेला पहिराेमा एक्स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ । अदानचुली गाउँपालिका- ५ को सेरामा सडक खन्ने क्रममा एक्स्काभेटर पुरिँदा बर्दिया घर भएका २६ वर्षीय चालक सन्तोष थारूको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माले जानकारी दिए । 

स्थानीय र प्रहरी मिलेर चालकको शव निकालिएको छ । अहिले शव श्रीनगर स्वास्थ्य चौकीमा राखिएको छ । सोमबार बेलुका ६ बजेतिर सडक खन्ने क्रममा उक्त दुर्घटना भएको हो ।

एक्स्काभेटरका सहचालक भने हाम फालेर बाँचेका छन् । घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट दुई दिन लाग्ने डिएसपी शर्माले बताए ।

See More On

सुझावित समाचार